ICET 2025 मा नेपाली विद्यार्थी र उप–प्राध्यापकद्वारा नयाँ ट्र्याकिङ प्रविधि अनावरण

16/11/2025

कार्तिक २९, २०८२
स्कुल अफ ईन्जिनियरिङ, पोखरा बिश्वबिद्धालयका कम्प्युटर ईन्जिनियरिङ आठौं सेमेस्टरका बिध्यार्थी सन्देश जोशी र सोही स्कुल इलेक्ट्रीकल एन्ड इलेक्ट्रोनिक ईन्जिनियरिङका उप-प्राध्यापक ई. निरज खडकाले पोखरा ईन्जिनियरिङ कलेजले आयोजना गरेको अन्तरास्ट्रीय सम्मेलन ICET 2025 मा “Public Vehicle Tracking System” को लागि चाहिने Hardware prototype र Software Interface सार्वजनिक गरेका छन ।

GPS Location पत्ता लगाई यात्रुहरु गन्तव्य नपुग्दासम्म कुन र कति नम्बरको गाडी कहाँ चढ्ने सुचना यात्रुहरुले Application मार्फत पाउने छन । साथै यस प्रविधीले सवारी साधानबाट हुने सडक दुर्घटना उल्लेख्य मात्रामा कम गराउने दुईको दाबी छ । साथै यस प्रविधी सार्वजनिक तथा प्राईभेट गाडीमा जडान गर्न सके पोखरा महानगरको भित्रको ट्राफिक जाम ९०% ले र काठमान्डौ उपत्यका भित्रको ट्राफिक जाम ५०% सम्मले कम गराउन सकिने दुईको दाबी छ । ” हामीले प्रयोग गरेको Algorithm को कारण हामीले राम्रो नतिजा पाउछौ । घनगडीमा १५ सवारी साधानमा हामीले जडान गरेकापनि छौ । रिजल्ट राम्रो छ ।” जोशीले भने ।

यस प्रविधीलाई चाहिने हार्डवयर नेपालमै बनाउन सकिने कुरामा दुई आशावादी छन । यसो गर्न सके यो प्रविधी अझ सस्तोमा उपलब्ध गराउन सकिने दुईको धारणा छ । यस प्रविधीले सार्वजनिक यातायात ब्यवसायीको मुनाफा २०% सम्म वृद्धि गर्न सकिने दाबी दुईले गरे । यस प्रविधी स्कुल, कलेज तथा धेरै गाडी भएका संस्थाले आफ्ना सवारी साधानमा जडान गरी आफ्ना सवारि साधानको Real time track गर्न सक्नेछन ।

साथै उप-प्राध्यापक निरज खड्काले भने ” यो प्रविधी नेपालका सार्वजनिक यातायातले प्रयोग गरे , सार्वजनिक यातायातको बिस्वस्नियता बढ्नाले १ खर्बसम्म डिजल/पेट्रोल लगायत अन्य देशको आयात घटाउन सकिन्छ । तर देशले यस प्रविधीबाट सार्वजनिक यातायातलाई भरपुर फाईदा पुर्याउन केही बिषयमा नितिगत स्पष्टता ल्याउनुपर्छ । “