Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20261024 [compare] => > [type] => NUMERIC ) ) )

नवनियुक्त डीनको स्वागत तथा सेवानिवृत पुरुषोतम रानाभाटको बिदाइ कार्यक्रम सम्पन्न

25/09/2026

पोखरा विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ्गमा विज्ञान तथा प्रविधि संकायका नवनियुक्त  डीन प्रा.डा. विनय कुमार मिश्रको स्वागत तथा अवकाशप्राप्त मुख्य सहायक (प्रशासन) पुरुषोत्तम रानाभाटको विदाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका नवनियुक्त डीन प्रा.डा. विनय कुमार मिश्रलाई स्वागत गर्दै विभिन्न शिक्षक तथा कर्मचारीहरु वाट उहाँको आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा बोल्दै डिन मिश्रले आफू निर्देशक रहदै गर्दा नयाँ जिम्मेवारी प्राप्त गरेकोमा सम्पुर्ण शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै स्कुल अफ इन्जिनियरिङ्गको शैक्षिक, प्रशासनिक तथा समग्र संस्थागत विकासका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक, कर्मचारी तथा सम्बन्धित सबै पक्षबीचको समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्दै संस्थाको हित र प्रगतिका लागि सदा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले आफूले विगतमा स्कुल अफ इन्जिनियरिङ्गवाट प्राप्त गरेको सहयोग र सहकार्यका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको विकासमा प्रत्येक व्यक्ति र पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

सोही अवसरमा स्कुल अफ इन्जिनियरिङ्गमा कार्यरत मुख्य सहायक (प्रशासन) श्री पुरुषोत्तम रानाभाटलाई दीर्घ सेवापछि सम्मान तथा बिदाइ गरिएको थियो। रानाभाटले वि.सं. २०५७/०१/२३ देखि २०८३/०५/०९ गतेसम्म करिब २६ वर्षभन्दा बढी समय पोखरा विश्वविद्यालयमा सेवा गर्नुभएको हो। यस अवधिमा उहाँले उपकुलपतिको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय तथा पोखरा विश्वविद्यालयका अन्य विभिन्न निकायहरूमा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। रानाभाटले वि.सं. २०७८/०४/०१ देखि स्कुल अफ इन्जिनियरिङ्गमा निरन्तर रूपमा सेवा गर्दै गर्दा कार्यरत रहेकै उमेरहदका कारणले वि.सं. २०८३/०५/०९ गतेबाट अवकाश प्राप्त गर्नुभएको हो। विश्वविद्यालयमा लामो समय सेवा गर्ने क्रममा रानाभाट मिलनसार, सहयोगी, कर्तव्यनिष्ठ, अनुशासित तथा जिम्मेवारीप्रति प्रतिबद्ध कर्मचारीका रूपमा परिचित हुनुहुन्थ्यो र अन्य सहकर्मी तथा सेवाग्राहीसँग आत्मीय र सरल व्यवहार गर्ने उहाँको स्वभावका साथै आफ्नो जिम्मेवारीलाई इमानदारी र निष्ठापूर्वक पूरा गर्ने कार्यशैलीको कार्यक्रममा स्मरण तथा प्रशंसा गरिएको थियो। कार्यक्रममा नवनियुक्त डीनले पनि उहाले विश्वविद्यालयको प्रशासनिक कार्यमा पुर्‍याउनुभएको दीर्घकालीन योगदानको प्रशंसा गर्दै उहाँको सेवाप्रति सम्मान व्यक्त गरी अवकाशपछिको जीवन सुखद, स्वस्थ, शान्तिपूर्ण तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमले एकातर्फ नवनियुक्त डिनको नयाँ जिम्मेवारीप्रतिको स्वागत र शुभकामना तथा अर्कोतर्फ दीर्घ सेवापछि अवकाश प्राप्त गर्नुभएका पुरुषोतम रानाभाटप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गरेको थियो। समग्रमा कार्यक्रम आत्मीय, सम्मानजनक र भावनात्मक वातावरणमा सम्पन्न भएको थियो।

कार्यक्रम-सञ्चालन-हुदै-गर्दा को तस्विर
« ‹ of 10 › »