Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260911 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायद्वारा तथ्यांक विज्ञान तथा निर्णय निर्माण कार्यशाला सम्पन्न !

08/07/2025

२०८२ असार २४ गते मंगलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले स्कूल अफ इन्जिनियरिङ्गसँगको सहकार्यमा र एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रमको समन्वयमा “तथ्यांक विज्ञान र निर्णय निर्माणः उपकरण, प्रविधि र अनुप्रयोगहरू” शीर्षकको दुईदिने मानव संशाधन विकास कार्यक्रम २०८२ आषाढ २०–२१ गते (२०२५ जुलाई ४–५) विजयपुर ब्लक बि को “EGEA Green Lab”  मा सफलतापूर्वक सम्पन्न गरेको छ ।

विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरू तथा बायोइनफर्मेटिक्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुलाई पाइथन प्रोग्रामिङमार्फत तथ्याङ्क विश्लेषण सिकाउन र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी आधुनिक उपकरण र प्रविधिहरूको प्रयोगमा दक्ष बनाउन कार्यशाला आयोजना गरिएको विज्ञान तथा प्रविधि संकायका डीन बुद्धि राज जोशीले बताउनुभयो । कार्यशालाको उद्घाटन तथा समापन समारोहमा बोल्दै डीन जोशीले विश्वविद्यालयभित्र अन्तरसंकाय अनुसन्धान प्रवद्र्धन गर्न यस्ता कार्यशालाहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यशालाको उद्घाटन सत्रमा स्कूल अफ इन्जिनियरिङ्गका निर्देशक डा. ओम प्रकाश गिरीले स्वागत मन्तव्य तथा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसै गरी समापन समारोहमा लुम्बीनी प्राविधिक विश्वविद्यालय सुचना प्रविधि तथा इन्जिनियरिङ्ग संकायका डीन डा. निरज केसी र पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. निरञ्जन श्रेष्ठले कार्यशालाले आफ्नो लक्ष्य हाँसिल गरेको र बाँकी सहभागीहरुको अभ्यासमा निर्भर रहने विचार व्यक्त गर्नुभयो ।

कार्यशालाको दुई दिनका विभिन्न सत्रहरुमा गण्डकी विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डीन डा. कपिल अधिकारी, लुम्बीनी प्राविधिक विश्वविद्यालय सुचना प्रविधि तथा इन्जिनियरिङ्ग संकायका डीन डा. निरज केसी, फिजिक्स रिसर्च इनिसिएटिभ्सका अनुसन्धान अधिकृत आबिष्कार भुषाल तथा पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ्गका उप प्राध्यापकहरू यज्ञ नाथ रिमाल र मदन बरालले सहजिकरण गर्नुभएको थियो ।
कार्यशालामा तथ्यांक विज्ञान, पाइथन प्रोग्रामिङमार्फत संख्यात्मक तथा गुणात्मक तथ्याङ्क विश्लेषण, कृत्रिम बौद्धिकता (एआई) तथा मेशिन लर्निङ्गको आधारभूत अवधारणा तथा व्यावहारिक प्रयोग तथा नेपालमा यो क्षेत्रका नीति, पूर्वाधार र अनुसन्धान समावेशीकरणका विषयवस्तुमा छलफल भएको थियो ।

कार्यशालामा विश्वविद्यालयका विभिन्न संकाय तथा स्कूलमा अध्यापनरत २० प्राध्यापक तथा स्कूल अफ इन्जिनियरिङ्गमा एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रम प्रथम वर्षमा अध्ययनरत ६ जना विद्यार्थीहरु गरी कुल २६ जनाको सहभागीता रहेको थियो । एमएस्सी बायोइन्फर्मेटिक्स कार्यक्रमका कार्यक्रम संयोजक मदन बरालको संयोजनमा सम्पन्न कार्यशालाको व्यवस्थापनमा सोही कार्यक्रम अध्ययनरत विद्यार्थीहरुले विशेष भूमिका निर्वाह गरेका थिए ।

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 1255 ) )